काठमाडौं, १३ पुस ||
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ । शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्युपछि पार्टीले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरेको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका केन्द्रिय सदस्य सुदेश पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताउनु भयो । उहाँले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको बताउनु भयो । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो । नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिनुभयो ।
सरकारलाई नेकपा एसको चेतावनीः गोली हानेर समस्याको समाधान निकाल्ने जमाना गइसक्यो
ताजा समाचार
पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक
१० घन्टा अघि
विद्युतीय सवारीसाधन आजको आवश्यकता भौतिकमन्त्री दाहाल
१० घन्टा अघि
पेट्रोल छर्केर आत्मदाह गर्ने कमलाको सुसाइड नोट फेला
१२ घन्टा अघि