काठमाडौं,१३ पुस । ललितपुरको बालकुमारीमा नेपाल सरकारको एक मन्त्रीका गाडीमा आगो लगाइदिएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा विषयलाई प्रदर्शनमा उत्रिएका युवाहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
सो गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।
मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका बताइएको छ ।
प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । बालकुमारी क्षेत्र तनाबग्रस्त अवस्थामा छ ।
Photo : Social Media