प्रवेशपत्र नपाएपछि विद्यार्थीले शिक्षकलाई बन्धक बनाए | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

प्रवेशपत्र नपाएपछि विद्यार्थीले शिक्षकलाई बन्धक बनाए

teacher

एजेन्सी,१२ पुस । बिहारको भागलपुर जिल्लाको एक उच्च माध्यमिक विद्यालयका शिक्षकलाई दुई सय विद्यार्थीको आक्रोशको सामना गर्नु परेको छ । १० कक्षाको परीक्षाको प्रवेशपत्र नपाएपछि यी विद्यार्थी आक्रोशित भएका छन् । आक्रोशित विद्यार्थीले विद्यालयमा ताला लगाई सबै शिक्षकलाई कोठामा थुनिदिए । करिब पाँच घण्टासम्म सबै शिक्षक बन्धक बनेका थिए । शिक्षकलाई बन्धक बनाएपछि विद्यार्थीहरू विद्यालय परिसरमै आन्दोलनमा बसेका छन् ।

विहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्यालय परिसरमा विद्यार्थीहरुको चहलपहल जारी रह्यो । आन्दोलनरत विद्यार्थी केही सुन्न तयार भएनन् । उनीहरुले शिक्षा विभागका उच्च अधिकारीलाई विद्यालयमा बोलाउन माग गरेका थिए । विद्यार्थी रञ्जितकुमार, राखी कुमारीलगायत दर्जनौं विद्यार्थीले बिहार विद्यालय परीक्षा समितिको परीक्षा फारम भर्न विद्यालयमा १ हजार १० रुपैयाँशुल्क पनि जम्मा गरेका थिए । यसपछि पनि कक्षा १० को परीक्षाको प्रवेशपत्र आइसकेको छैन् ।

अब परीक्षा दिन सक्ने अवस्था छैन । हाम्रो जीवनको एक वर्ष बर्बाद हुने भन्दै उनीहरु थप आक्रोसित भएका हुन् । पाँच दिनदेखि हामी प्रवेशपत्रका लागि विद्यालयको चक्कर काटिरहेका छौं । प्रिन्सिपल निशिकान्त भारतीले कुनै पनि विद्यार्थीलाई भेटेनन् । अन्य शिक्षकले प्रवेशपत्र नआएको जानकारी गराएको छ ।

विद्यार्थीको कोलाहलको सूचना पाएपछि जिल्ला कार्यक्रम अधिकारी (डीपीओ) माध्यमिक शिक्षा नितेश कुमार, बीडीओ प्रभात केसरी, उपनिरीक्षक विनोद कुमार ३ बजे विद्यालय परिसर पुगेका थिए। डिपीओले कम्पार्टमेन्टल कम स्पेशल परीक्षाको फारम भरेर छुटेका सबै परीक्षार्थीलाई परीक्षा दिने आश्वासन दिदैं प्रधानाध्यापकलाई कारबाही गर्न सिफारिस गर्ने बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);