कहिले आइपुुग्छ काठमाडौंमा मेलम्चीको पानी ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कहिले आइपुुग्छ काठमाडौंमा मेलम्चीको पानी ?

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो आफूले सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताउनु भयो । मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ । १७ करोड लिटर पानी एक महिना भित्र सुन्दरीजलमा पु¥याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजनासहित अहिले म काम गरिरहेको छु । मेलम्चीको दोस्रो चरणको आयोजनाबारे पनि संवाद जारी छ । त्यतिमात्रै होइन खानेपानी सम्बन्धि काम गर्ने निकायको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहनेछ ।’

प्रधानमन्त्री दाहालले खानेपानीसम्बन्धि काम गर्ने निकायको संरचनागत सुधार गर्ने कामलाई पनि सरकारले प्राथमिकता दिएको बताउनु भयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);