चितवन, ९ पुस ||
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १७ औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ को तयारी पूरा भएको छ । विगत केही वर्षदेखि कोभिड–१९ का कारण रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको १७ औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताउनु भयो । संयोजक पाण्डेले हात्ती महोत्सवको लागि आवश्यक व्यवस्थापनको काम सकिएको बताउनु भयो । उहाँले महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम रहेको बताउनु भयो । उहाँले महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवद्र्धन हुने बताउनु भयो । उहाँले चितवन सौराहामा हात्ती विनाको पर्यटन अधुरो हुने बताउनु भयो । उहाँले चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने बताउनु भयो । उहाँले महोत्सवमा कृषि पर्यटनसँगै जोडिका वस्तु र थारु खानाहरु सहितको स्टलहरु राखिने बताउनु भयो । उहाँले महोत्सवमा करिव १ करोड बराबरको खर्च हुने बताउनु भयो । महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन् ।
चितवन पर्यटन तथा हात्ती महोत्सवको तयारी पूरा
ताजा समाचार
धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
१७ घन्टा अघि
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
१७ घन्टा अघि
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
१८ घन्टा अघि