डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली लिएका उद्योगको बिजुली काट्दै प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली लिएका उद्योगको बिजुली काट्दै प्राधिकरण

काठमाडौं, ९ पुस । नेपाल विद्युत् प्राधिकरणले थप पाँच उद्योगको बिजुली काटेको छ । प्रधानमन्त्री प्रचण्डले गत बिहीबार डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बिजुली काटेर भए पनि बक्यौता उठाउन निर्देशन दिएलगत्तै विद्युत् प्राधिकरण बिजुली काट्न सक्रिया भएको हो ।

प्राधिरणले आइतबार थप पाँच उद्योगको बिजुली काटेको हो यसअघि शुक्रबार प्राधिकरणले ४ वटा उद्योगको बिजुली काटिसकेको छ । प्राधिकरणका अनुसार आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योगको लाइन काटिएको हो । यसअघि शुक्रबार सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिइसकेको छ । ५० करोड रुपैयाँभन्दा बढी बक्यौता भएका यी उद्योगको लाइन काटिएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । उद्योगी व्यवसायी भने यो विवादित विषय भएको भन्दै महसुल नतिर्ने अडानमा छन् । ०७५ वैशाखबाट लोडसेडिङ अन्त्य भएपछि डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद चर्किएको हो । लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड र ट्रंकलाइन शीर्षकमा विद्युत् उपयोग गरेको भनी ६७ प्रतिशत महँगोमा बिल प्राधिकरणले पठाएको भन्दै उद्योगीले यो विवादित विषय भएको र समस्या समाधान गर्न सरकारलाई आग्रह गरिरहेका छन । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली लिएका ६१ उद्योगको २२ अर्ब बढी बक्यौता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);