‘वर्तमान सरकारबाट विकासको सपना देख्न सकिदैंन’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

‘वर्तमान सरकारबाट विकासको सपना देख्न सकिदैंन’

काठमाडौं,९ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संसदको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताउनुभएको थियो । आईतवार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उहाँले राज्यको खर्बौं सम्पती नोक्शान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो ? भनि प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभयो । सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको अध्यक्ष ओलीको जिकिर थियो ।

अध्यक्ष ओलीले डेडिकेटेड लाईनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत काट्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । मुलुकमा उद्योगी, व्यवसायीहरु मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाईन लिएका तर विद्युत खपत नगरेका उद्योगीहरुको लाईन काट्ने काम गर्न नहुने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने ठोकुवा पनि गर्नुभयो ।

अध्यक्ष ओलीले लोकतन्त्रप्रति जनताको असाधारण विश्वास रहेको भन्दै गणतन्त्रको रक्षाका निम्ती जनता जे गर्न पनि तयार रहेको दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);