ट्रम्मको मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

ट्रम्मको मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने

trump

एजेन्सी,६ पुस । कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ । अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दंगाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला आएको हो ।

सर्वोच्च अदालतले ४–३ मतको आधारमा विद्रोहमा संलग्न व्यक्तिहरूलाई पदमा उम्मेदवार हुनबाट प्रतिवन्धित गर्ने १४ औं संशोधनको धारा ३ को प्रावधान अन्तर्गत ट्रम्पलाई प्रतिवन्ध लगाइएको बताएको छ । कोलोराडोको राज्य सचिवलाई ट्रम्पको नाम सूचीवद्ध नगर्न पनि आदेश दिएको छ । ट्रम्पले आदेशको खण्डन गरेका छन् । कोलोराडो र अन्य राज्यहरूमा पनि यस मुद्दालाई निराधार र लोकतान्त्रिक विरोधी बिरोध भइरहेको छ ।

यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने बताइएको छ । ट्रम्पको अभियानका प्रवक्ता स्टीवन चेउङले छिट्टै अमेरिकी सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);