महिलालाई दुर्व्यवहार गरी फरार गलामी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ७ २०८३, शनिबार

महिलालाई दुर्व्यवहार गरी फरार गलामी पक्राउ

काठमाडौं,४ पुस । महिलालाई दुर्व्यवहार गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मी सत्यवति गाउँपालिका–७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई बाँकेबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाएको छ ।

Leave a Reply

ताजा समाचार