पाकिस्तानको कराँचीमा सिलिण्डर बिस्फोट हुँदा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

पाकिस्तानको कराँचीमा सिलिण्डर बिस्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा भवनमा सोमवार ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

साथै अन्य १२ जना गम्भीर घाइते भएको उद्धार सेवाले जनाएको छ ।

उद्धार संस्था ईधी फाउण्डेसनका एक अधिकारी सलमान नसीरले बताएअनुसार माछार कोलोनी क्षेत्रमा नयाँ ग्यास सिलिण्डर दुई तले आवासीय भवन मुनि रहेको सिलिण्डरको पसलमा सार्ने क्रममा दुर्घटना भएको हो । बिस्फोट लगत्तै भवन अचानक भग्नावशेषमा परिणत भएको थियो । स्थानीयहरूले तत्काल दुर्घटनास्थलमा फसेका मानिसहरूलाई उद्धार गरेको र उद्धारकर्मीहरूले १५ जनालाई बाहिर निकालिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);