आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम थालेको  प्रधानमन्त्रीको भनाइ  | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम थालेको  प्रधानमन्त्रीको भनाइ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफू नेतृत्वको सरकारले थालेका कामबाट आतङ्कित भएका केही मानिसले एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने गरेको बताउनुभएको छ ।

आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम थालेको जिकिर गर्नुभयो ।

अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतङ्कित भएर एनसेलमा अर्बौंको भ्रष्टाचार गरेको भनेर आफूविरुद्ध प्रचार भएको उहाँको ठोकुवा छ ।

प्रधानमन्त्री प्रचण्डले आफू दुबईमै हुँदा एनसेलको सेयर बिक्री भएको खबर पाएको उल्लेख गर्दै स्वदेश फर्किएपछि छानबिन समिति गठन गरेको बताउनुभयो ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री
उहाँले देशमा भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभयो ।

शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व र आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नु पर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);