आप्रवासी मजदुरको झुपडीमा आगलागी हुँदा दुई बालबालिकासहित आमाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

आप्रवासी मजदुरको झुपडीमा आगलागी हुँदा दुई बालबालिकासहित आमाको मृत्यु

एजेन्सी,१ पुस । हिमाचल प्रदेशको उना जिल्लामा प्रवासी मजदुरको झुपडीमा आगलागी भएको छ । आगलागीमा परी एक महिला र उनको नवजात बालकसहित तीन जनाको जलेर मृत्यु भएको छ ।

अधिकारीहरूले यसको पुष्टि गरेका छन्। हरोली क्षेत्रको कैलुवा गाउँमा शनिबार राति आगलागी भएको उनले बताए ।

आगलागीमा परी उत्तर प्रदेश निवासी २५ वर्षीया सुमित्रा देवी, उनका नौ महिनाका छोरा अंकित र पाँच वर्षीया छोरी नैना जलेका छन् ।

जसका कारण तीनै जनाको जलेर मृत्यु भएको हो । देवीका श्रीमान् विजय शंकर घाइते भएको र अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);