सुविसु क्यान ईन्फोटेक–२०१८ को तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

सुविसु क्यान ईन्फोटेक–२०१८ को तयारी पुरा

sibusi

काठमाडौं, ८ माघ । २४ औं संस्करणको सुविसु क्यान ईन्फोटेक–२०१८ को तयारी पुरा भएको छ । कम्प्युटर एशोसिएशन अफ नेपालले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारी पूरा भएको जनाएको हो ।

क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु केबलनेट प्रा.लि. तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारिक बिक्रेता लाईफकम प्रा.लि. रहेकाले २४ औं सस्करणको अफसियल नाम नै सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर वल्र्ड लिंक कम्युनिकेशन, डायमण्ड स्पोन्सर नेपाल टेलिकम र टि.पी लिंक गोल्डलगायतका स्पोन्सरहरु रहेका छन ।

क्यान महासंघले आफ्नो स्थापनाको दुई वर्ष पछि सन् १९९५ देखी नै काठमाडौं क्यान ईन्फोटेक आयोजना गर्दै आएको छ । हरेक वर्ष आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक यस वर्ष माघ ११ गते देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदशनी स्थलमा आयोजना हुने भएको छ । मेलामा ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डींङ प्रर्दशनी कक्षहरु रहनेछन भने ट्रसमा १ सय ४४ ओपन स्पेसशहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २ सय २२ स्टलहरु रहनेछन ।मेला अवलोकनका लागि सर्वसाधारणलाई एक सय र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);