चुनाव जितेर मात्रै माननीय भइँदैनः जगमान गुरुङ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

चुनाव जितेर मात्रै माननीय भइँदैनः जगमान गुरुङ

काठमाडौं, ३० मंसिर ||
वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गर्नुभएको छ । शनिवार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आशंका व्यक्त गर्नुभएको हो । उहाँले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताउनु भयो । लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उहाँको भनाइ छ । उहाँले नेताहरुले नै प्रदेश रहने कुरामा आशंका व्यक्त गरिरहेको बताउनु भयो । उहाँले आफू नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा सात वटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागेपनि सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताउनु भयो । यस पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गर्नुभएको हो । ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);