संघीयता खारेज गर्दिन्छन् कि जस्तो देखियोः अध्यक्ष यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

संघीयता खारेज गर्दिन्छन् कि जस्तो देखियोः अध्यक्ष यादव

काठमाडौं, १६ कार्तिक ||
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि भन्ने आशंका व्यक्त गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारुढ दलहरुले नै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको बताउनुभएको हो । उहाँले प्रदेशलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्न समेत गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भिर प्रश्न रहेको बताउनु भयो । उहाँले चुरे क्षेत्रमा उख्खनन् कार्यलाई प्रतिबन्ध लगाउनुपर्ने पनि बताउनु भयो । उहाँले अगामी दिनमा लामो समयसम्म संसद अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताउनु भयो ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);