सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएका छौँः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएका छौँः प्रधानमन्त्री

काठमाडौं, ३० मंसिर ||
प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरु नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो । हेटौंडास्थित मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको शनिवार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो आश्रमको सहयोगका लागि आफूले निरन्तर कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सरकारले २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको उल्लेख गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले प्रदेशहरुमा बन्न मानव सेवा आश्रमका भवन निर्माणमा संघ, प्रदेश र स्थानीय तह सबैबाट सहयोग जुटाउने काममा पनि आफू लागिपर्ने आश्वासन दिनुभयो । प्रधानमन्त्री दाहालले मानवीय सेवाको काममा समर्पित भएर लागि परेको भन्दै मानव सेवा आश्रममा त्यसमा संलग्न अभियन्ताहरुप्रति आभार पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);