काठमाडौं, २९ मंसिर । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । साताको कारोबारको अन्तिम दिन आज सुन प्रतितोला ४ सय रुपैयाँले बृद्धि भएको हो । त्यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको मुल्य १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ । चाँदी प्रतितोला १४ सय ७० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय, तेजावी सुन १ लाख १८ हजार २५० र चाँदी १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।