काठमाडौं,२५ मंसिर । पोखराबाट बस चोरेरे चितवनतर्फ लैजादै गर्दा एक किशोर पक्राउ परेका छन् ।
पोखरामा पार्किङमा रोकि राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरेका किशोरलाई प्रहरीले चेकजाँचका क्रममा प्रहरीले नियन्त्रण लिएको हो ।
शुक्रबार राति चितवनको भरतपुर–११ आँपटारीबाट बससहित १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । किशोरको घर तनहुँकै म्याग्दे गाउँपालिका हो ।
किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीमा चोरी तथा डाँकासम्बन्धि अनुसन्धान अघि बढाइएको बुझिएको छ ।