स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार गुम्दै गइराखेको छ–अधिवक्ता श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८१, शुक्रबार

स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार गुम्दै गइराखेको छ–अधिवक्ता श्रेष्ठ

काठमाडौं, २४ मंसिर । आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस दिवसको अवसरमा नेपाल बार एशोसिएशनले मानव अधिकार सम्बन्धि राष्ट्रिय गोष्ठि सम्पन्न गरेको छ ।

‘मानव अधिकार संस्कृतिको प्रवर्दन, स्वतन्त्र न्यायपालिकाको सम्वर्दन’ भन्ने मुल नाराका साथ बार एशोसिएशनले आयोजना गरेको कार्यक्रममा सर्बोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, बरिस्ठ अधिबक्ताहरु र सातै प्रदेशका कानुन व्यवसायीहरुबिच बृहत् मानव अधिकार सम्बन्धि छलफल भएको अधिवक्ता सानुकान्छा श्रेष्ठले जानकारी दिए ।

संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरेको दिनको अवसरमा सन् १९५० देखि यो दिवस बनाउन थालिएको हो।

नेपाल बार एसोसिएनले पनि नेपालमा प्रत्येक बर्ष मानव अधिकार दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना दिदैं अधिवक्ता श्रेष्ठले बिगतमा नेपालमा विभिन्न राजनितिक घटना क्रममा मानव अधिकार उल्लंघन भई धेरैले ज्यान गुमाउन परेको ईतिहासबारे स्मरण गराएका छन् ।

उनले लेखेका छन्,“गणतन्त्र प्राप्त हुदा पनि निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना ज्यान केशमा जन्म कैद भई राष्ट्रपतिबाट कैद मिनाहाको घटना आदि ईतिहास छ, नेपालमा हाल ३ जना शिर्ष नेताहरुले देशलाई बन्दक बनाई न्याय क्षेत्र समेत कब्जा गरि राखेको अबस्थाका देशमा पौचको पछि पछि न्याय हिडि राखेको अबस्था देखिन्छ । गरिव असाहय अशक्त ब्यक्तिहरुको मानव अधिकार बढि मात्रामा हनन भएको घटना दिनानु दिन घटि राखेको अबस्था छ । विश्व परिबेशमा पनि ठुला राष्ट्रले साना राष्ट्रलाई हेप्ने गरिब राष्ट्रका मानव जातिको स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार गुम्दै गै राखेको अबस्था छ ।”

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);