ह्वात्तै घट्यो सुनको भाउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौं, २४ मंसिर । नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ । साताको पहिलो काराबारको पहिलो दिन आइतबार प्रतितोला १ हजार ३ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन आज १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।

यस्तै, आज सेतो धातु चाँदीको मुल्य प्रतितोला १ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन १ लाख १८ हजार ८ सय, तेजाबी सुन १ लाख १८ हजार २५० र चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा खरिद विक्रि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);