सूचना प्रविधि मेला माघ ११ देखि | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

सूचना प्रविधि मेला माघ ११ देखि

काठमाडौं, ७ माघ । आगामी माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला आयोजना हुने भएको छ ।

सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले क्यान महासंघले आगामी ११ गतेदेखि काठमाडौंमा सूचना प्रविधि मेला आयोजना गर्न लागेको हो । सुविसु क्यान इन्फोटेक–२०१८ नाम दिइएको मेलामा प्रवेशका लागि सर्वसाधारणलाई सय रुपैँया र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

आईतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार मुख्य प्रर्दशनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रर्दशनी कक्षहरु रहनेछ । प्रर्दशनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोबाईल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा प्रदायकलगायत राखिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);