एनसेल खरिद बिक्रिमा नेताहरुले पैसा खाएको रविको आशंका | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

एनसेल खरिद बिक्रिमा नेताहरुले पैसा खाएको रविको आशंका

काठमाडौं, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर किनबेचमा पैसाको चलखेल भएको आशंका गरेका छन् ।

सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलका नेताले कति रकम खाए भन्दै छानबिन गर्न तयार हो भन्दै प्रश्न गरेका छन् ।

एनसेल हुनअघि स्पाइस नेपालको नाममा थियो । स्पाइसमै हुँदा रकमको चलखेल भएको उनको टिप्पणी छ । ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो ।’उनले लेखेका छन्,‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ??’

Leave a Reply

ताजा समाचार