विपिन जोशीको रिहाइमा पहल गरिदिन कतार सरकारलाई परराष्ट्रमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

विपिन जोशीको रिहाइमा पहल गरिदिन कतार सरकारलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं, २० मंसिर । हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।

विपिन जोशी हमासको कब्जामा रहेको भन्दै इजरायली सेनाले एउटा भिडियो फुटेज पनि सार्वजनिक गरेको थियो । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिँदै नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताउनुभयो ।

मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । यस्तै उहाँले ७ मंसिरमा इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री साउदले १० डिसेम्बरदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उहाँको सचिवलायले जनाएको छ । मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायत विषयमासमेत छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);