सेवा निवृत्त हुँदा महिला स्वयंसेविकाहरुले पाउने सुविधामा सरकारले शोषण गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

सेवा निवृत्त हुँदा महिला स्वयंसेविकाहरुले पाउने सुविधामा सरकारले शोषण गरेको आरोप

काठमाडौं, १९ मंसिर ||
महिला स्वयंसेविकाहरुले सेवा निवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको आरोप लगाएका छन् । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्ष अघि दिएको सेवा निवृत्त सुविधा बढाउनुपर्ने माग गर्नुभयो । उहाँले आजसम्म पनि महिला स्वयंसेविकाहरुलाई २० वर्षअघिकै २० हजार रुपैयाँ दिने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले सरकारले महिला स्वयंसेविकाहरुलाई सेवा निवृत्त सुविधाका रुपमा २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले महिला स्वयंसेविकाहरुको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताउनु भयो । उहाँले महिला स्वयंसेविकाहरुको लागि आवश्यक पर्ने काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरुले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले महिला स्वयंसेविकाहरुलाई विभिन्न तालिम दिइ प्रभावकारी बनाएर थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । डा. बास्तोलाले दूरदराजमा महिला स्वयंसेविकाहरुले गर्नुभएको योगदान अतुलनीय रहेको बताउनु भयो ।

 

Leave a Reply