कोप २८ मा नेपालले उठाएका एजेण्डाले नेपालको चर्चा बढायोः सचिव खराल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

कोप २८ मा नेपालले उठाएका एजेण्डाले नेपालको चर्चा बढायोः सचिव खराल

काठमाडौं, १९ मंसिर ||
वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप—२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाहरुले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा नेपालको तर्फबाट गर्नुभएको सम्बोधन र नेपालले उठाएका एजेण्डाहरुले विश्वको ध्यान खिचेको बताउनुभएको हो । मंगलवार दुबईमा उहाँले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र त्यसले पारेको सकारात्मक प्रभावका कारण पनि कोप २८ मा नेपालको उपस्थिति र प्रश्तुति सशक्त बन्न गएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालले व्यहोरिरहेको हानी नोक्शानीबापत न्यायमा आधारित भएर आर्थिक सहायता उपलब्ध गराउने कुरामा पनि आफूहरुले सम्मेलनमा सचेत भएर सशक्त ढंगले आफ्नो प्रश्तुति दिएको बताउनु भयो । सचिव खरालले जलवायु परिवर्तनका कारण हिमाली मुलुकले व्यहोरेको हानी नोक्शानीबारे विश्वमै उजागर गर्नका लागि हिमाली मुलुकहरुको सम्मेलन नेपालले आयोजना गर्न लागेको पनि बताउनु भयो । सम्मेलनकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुलाई सो निर्देशन दिएको र काठमाडौं फर्कने बित्तिकै सो कामको तयारीको कामलाई तीव्रताका साथ अघि बढाउने उहाँको भनाई थियो । समान परिवेश भएका देशहरुको समूह बनाएर आवाज नउठाएसम्म जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि नेपालले पाउनुपर्ने वित्तीय सहयोग पाउन कठिन रहेको बताउनु भयो । उहाँले समान परिवेश भएका देशहरुको समूह बनाएर काम नगरेसम्म ग्लोवल स्केलमा उपलब्धि हासिल गर्न सजिलो नरहेको बताउनुभएको हो । धेरै प्रभावशाली देशहरुले एकल प्रयासबाट सहायता पाउन सफल भएपनि आर्थिक अवस्था कमजोर भएका देशहरुका लागि एकतावद्ध भइ आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले समान अवस्था भएका देशहरुले एउटै गोलमेचमा बसेर र एउटै गठबन्धन बनाएर आवाज र उपस्थितिलाई बलियो बनाउने स्थिति नभएसम्म सहायता पाउने कुरा कठिन रहेको बताउनु भयो । समान परिवेश भोगिरहेका देशलाई एकतावद्ध बनाएर मेहनत नगर्ने हो भने अवस्था चुनौतिपूर्ण रहेको बताउनु भयो ।
सचिव खरालले नेपालले आगामी दिनमा पनि जलवायु परिवर्तनले पारेको असर न्यूनिकरणका लागि विश्व समुदायबाट लिने आर्थिक सहायताका लागि चनाखो भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);