प्रधानमन्त्री प्रचण्ड फ्लाई दुबईको उडानमार्फत् ६ बजे काठमाडौं आइपुग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्ड फ्लाई दुबईको उडानमार्फत् ६ बजे काठमाडौं आइपुग्ने

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै हुनुहुन्छ । उहाँ फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने बताईएको छ । यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते काठमाडौंबाट दुबई प्रस्थान गर्नु भएको थियो ।

शनिबार कोप २८ सम्मेलनलाई सम्बोधन गर्नुका साथै त्यही दिन प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकारः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्नुभएको थियो । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);