काठमाडौं ।
प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद भुमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मोटरसाईकल पार्किङ गरेर राखेवापत कडा जरिवानी असुली गर्दा उहाँले आत्मदाह गर्ने निष्कर्षमा पुग्नु परेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताउनुभएको हो ।
सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भिर नभएको यस्तो नागरिकले आत्माहत्याको बाटो रोज्नुपर्ने अवस्था आएको आरोप पनि लगाउनु भयो । उहाँले उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।त्यस अवसरमा सांसद सुब्बाले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको पनि आक्रोश समेत व्यक्त गर्नुभयो ।





