‘एनिमल’ ले बक्स अफिसमा मच्चायो धमाका, दुई दिनमा सय करोडभन्दा बढीको कमाई | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

‘एनिमल’ ले बक्स अफिसमा मच्चायो धमाका, दुई दिनमा सय करोडभन्दा बढीको कमाई

एजेन्सी, १७ मंसिर । सिने प्रेमीहरूको लागि, सन्दीप रेड्डी वांगा द्वारा निर्देशित फिल्म एनिमल शुक्रबार रिलिज भयो। यो फिल्मलाई लिएर रणवीर कपुर र रश्मिका मन्डन्नाका फ्यानमा निकै उत्साह थियो, जसको प्रमाण फिल्मको ओपनिङ डे कलेक्सनबाटै देखियो । पहिलो दिन बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेको ‘एनिमल’ ले दोस्रो दिन पनि धमाका मच्चाएको छ ।

चलचित्र ‘एनिमल’का केही दृश्यहरु सामाजिक सञ्जालमा लगातार ट्रेन्डिङ भइरहेका छन् । रणबीर कपूर र बबी देओलको फाइट सिक्वेन्सले फ्यानलाई सबैभन्दा बढी प्रभावित पारेको थियो । यसबाहेक रणवीरको अभिनेत्री तृप्ती डुमरीसँगको इन्टिमेट सीन पनि एक कारण हो जसका कारण पनि मानिसहरु फिल्मको चर्चा गरिरहेका छन् । यसैबीच चलचित्रको दोस्रो दिनको प्रारम्भिक कलेक्शन सार्वजनिक भएको छ । फिल्म ट्रयाकर सकनिल्कको रिपोर्ट अनुसार शुक्रबार ६३ करोड ८ लाखको ओपनिङ गरेको यो फिल्मले शनिबार ६० करोड ९२ लाखको व्यापार गरेको छ । योसँगै फिल्मको कुल कलेक्सन १२४ करोड ७२ लाख पुगेको छ ।

फिल्ममा धेरै एक्सन सिन देखाइएको छ । रणवीरको अभिनयसँगै फ्यान पनि उनको अभिनयबाट प्रभावित छन् । बबी देओलसँगै उनको रफ एण्ड टफ लुकले दर्शकको ध्यान तान्यो । फिल्मले पहिलो दिनमै विश्वव्यापी कलेक्सनमा सय करोडभन्दा बढी कमाउन सफल भएको छ । अब यो फिल्मले घरेलु कलेक्शनमा पनि यो आँकडा पार गरेको छ । यस्तो अवस्थामा फिल्म एक साताभित्रै २०० करोड क्लबमा प्रवेश गर्छ कि भनेर हेर्नु रोचक हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);