पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक

काठमाडौं, १४ मंसिर । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना राउत । उक्त गीतमा राजन श्रेष्ठ र पवित्रा गुरुङको स्वर रहेको छ ।

राजन श्रेष्ठकै शब्द सृजना र संगीत रहेको दिल मायाको भिडियो निर्देशन तथा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने दिनेश पराजुलीले छायांकन गरेका छन् ।

रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ मास्टरिङमा बनेको यस गीतले दर्शक र स्रोताको मन जितिरहेको दाबी गरिएको छ ।

हेर्नुहोस् भिडियो

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);