लागूऔषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

लागूऔषधसहित दुई जना पक्राउ

बझाङ,१४ मंसिर । अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । दुर्गाथली गाउँपालिका–४ आमरुखबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ केजी ६० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका–९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय सुनिल बोहरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);