काठमाडौं,१३ मंसिर । मलेसियाको आजियाटा बहार्ड एनसेलबाट बाहिरिने भएको छ । आजियाटाले एनसेलबाट बाहिरिने गरी सो सम्बन्धि सम्पत्ति बिक्रिमा राखेको बुझिएको छ ।
एनसेलमा नेपाली नागरिकहरु सतिशलाल आचार्य र सचिनलाल आचार्यको पनि २० प्रतिशत शेयर रहेको छ ।
आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । आजियटाले एनसेलको शेयर ७ वर्ष अघि किनेको थियो ।