चिसोले रुकुम पश्चिममा तीन जना भूकम्पपीडितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

चिसोले रुकुम पश्चिममा तीन जना भूकम्पपीडितको मृत्यु

काठमाडौं, १३ मंसिर । चिसोका कारण रुकुम पश्चिममा तीन जना भूकम्पपीडितको ज्यान गएको छ ।  आठविसकोट नगरपालिका–१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी, ६४ वर्षीय टिके जैसी र सोही नगरपालिका–११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो ।

भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगी ,दमका रोगी टिके र पेट र दमका बिरामी मगरको चिसोकै कारण मृत्यु भएको हो । दिनदिनै बढिरहेको चिसोका कारण यतिबेला भूकम्पपीडित नागरिकको दैनिकी निकै कष्टकर भइरहेको छ । आठविसकोट–१४ स्थित घेत्मा स्वास्थ्यचौकी प्रमुख देवबहादुर चन्दले चिसोका कारण बिरामी भएर स्वास्थ्य संस्था आउनेको संख्या दिनानुदिन बढिरहेको बताउनु भएको छ ।

चिसोका कारण महिला, बालबालिका, ज्येष्ठ नागरिकमा विभिन्न समस्या देखा परिरहेको छ । महिलामा पनि गर्भवती तथा सुत्केरी र ज्येष्ठ नागरिकमा समस्या बढ्दो छ । साथै दिर्घरोगीहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);