कतारका विदेश राज्यमन्त्री सोल्तान आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कतारका विदेश राज्यमन्त्री सोल्तान आज नेपाल आउँदै

काठमाडौं, ७ मंसिर । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुराइखी दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।

उहाँ भ्रमणका लागि आज साँझ ५ बजे नेपाल आइपुग्ने नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत दुई दिनका लागि नेपाल आउन लागेका विदेश राज्यमन्त्री सोल्तानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको जनाएको छ ।

विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुराइखीले शुक्रबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुईपक्षीय वार्ता गरेर कतारी विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुराइखी शुक्रबार नै कतार फर्किने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);