गाजावासीको सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

गाजावासीको सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा

काठमाडौं,५ मंसिर । जोर्डनका बालबालिकाले गाजा फुटबल एकेडेमी च्याम्पियनसिप शीर्षकमा एक फुटबल च्याम्पियनसिपमा आयोजना गरेका छन् । उनीहरुले गाजाका बालबालिकालाई सहयोग गर्ने लक्ष्यसहति सो म्याच राखेका हुन् । जोर्डनका सबैभन्दा प्रतिष्ठित फुटबल एकेडेमीहरूको सहभागितामा जोर्डन अहली क्लवको परिसरमा आयोजना गरिएको थियो । च्याम्पियनसिपबाट प्राप्त आम्दानी जोर्डन हासेमाइट परोपकारी संस्थामार्फत गाजाका बालबालिकाहरूलाई प्रदान गर्ने बताइएको छ ।

च्याम्पियनसिपमा सहभागी बालफुटबल खेलाडीहरूले आफ्नो व्यक्तिगत वचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए । यस च्याम्पियनसिपमा पैसा जम्मा गर्न र प्यालेस्टाइनलाई सहयोग गर्न भाग लिएको अर्का सहभागीले बताउनु भयो ।

खेलकुद कार्यक्रमको अतिरिक्त खाना र स्थानीय उत्पादनहरूको लागि एक स्थान समेत खुला गरिएको थियो । सो स्थानमा बिक्री भएका सामानहरुको एक अंश समेत प्यालेस्टाइनलाई सहयोग गर्ने बताइएको छ । उहाँले गाजा पट्टीमा रहेका बालबालिकाको लागि थोरै भएपनि सहयोग गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);