गाजामा भएको नरसंहारलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने टर्कीका राष्ट्रपतिको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

गाजामा भएको नरसंहारलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने टर्कीका राष्ट्रपतिको चेतावनी

एजेन्सी, ५ मंसिर । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले गाजामा तत्काल युद्धविरामको आवश्यकता र प्यालेस्टाइनीहरूलाई राहत सहायता पु¥याउने विषयमा आफ्नो देशको अडानमा जोड दिनुभएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग कायरोमा भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो । बैठक गाजाबिरुद्ध इजरायल युद्धको पछिल्लो घटनाक्रममा केन्द्रित थियो । जहाँ अल–सिसीले इजिप्टको सम्बन्धित प्रयासहरूको समीक्षा गर्नुभएको थियो । इजिप्टका राष्ट्रपतिले प्यालेस्टिनीहरूको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् र राष्ट्र संघको महासभाको प्रश्तावलाई अन्तर्राष्ट्रिय समुदायले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । यसबाहेक, दुवै पक्षले प्यालेस्टाइन समस्याको एकमात्र समाधान दुई–राज्य समाधानमा आधारित व्यापक र न्यायपूर्ण शान्तिमा निहित रहेकोमा सहमति जनाएका छन् । उता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किले गाजामा भएको “नरसंहार“ लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने चेतावनी दिनुभएको छ । उहाँले गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको संख्या धेरै भएको बताउनुभएको छ ।

राष्ट्रपति एर्दोगानले गाजामा भएको नरसंहारलाई करिव २ हजार वकीलहरुमार्फत अन्तर्राष्ट्रिय अदालतमा लैजाने उद्घोष गर्नुभएको छ । यसैबीच इजिप्ट र कतारबीच गाजाका प्यालेस्टिनी जनतालाई मानवीय र राहत सहायताको ढुवानी बढाउनको लागि संयुक्त प्रयासहरू समन्वय गर्ने विस्तृत तरिकाहरूबारे छलफल भएको छ । यसबारेमा इजिप्टका विदेशमन्त्री सामेह शौकरी र कतारका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री लोल्वाह अल खाटरबीच कायरोमा भएको भेटवार्तामा गाजा पट्टीमा मानवीय प्रकोपको लागि सुरक्षित र दिगो सहायताको आवश्यकतामा जोड दिइएको हो । इजिप्ट र कतारले गाजामा युद्ध रोक्न मद्दत गर्ने कार्य र सञ्चारमा पनि विचार आदानप्रदानबारे तत्काल र बिना शर्त युद्धबिराम हासिल गर्ने अपरिहार्यतामा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);