प्यालेस्टिनीहरूको समर्थनमा इरानमा जुलुस | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

प्यालेस्टिनीहरूको समर्थनमा इरानमा जुलुस

IRAN

एजेन्सी, ४ मंसिर । इरानीहरूले युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टाइनीहरूलाई समर्थन व्यक्त गर्न र तिनीहरू बिरुद्ध इजरायलको “अपराध“ को निन्दा गर्न देशभर जुलुस निकालेका छन् ।

इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत अन्य शहरमा ¥याली निकालिएको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ ।

तेहरानमा भएको ¥यालीमा प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलको बिरुद्धमा नारा लगाएका थिए भने गाजामा प्यालेस्टाइनीहरू र बालबालिकाहरूलाई समर्थन जनाएका थिए ।

तेहरानमा भएको ¥यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्च पदस्थ इरानी अधिकारीहरूले भाग लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);