काठमाडौंमा छठ पर्वको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौंमा छठ पर्वको तयारी पूरा

काठमाडौं,३ मंसिर । छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।

तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न छठ पर्व मनाउने घाटहरुमा छठ पर्वको तयारी पूरा भएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठ पर्वको लागि काठमाडौंका विभिन्न छठ घाटको तयारी अन्तिम चरणमा पुगेको छ । छठको दोस्रो दिन शनिवार खरना विधि सम्पन्न भएको थियो । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गर्ने परम्परा छ । छठ पर्वको मुख्य दिनमा आज काठमाडौंको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरुको रौनक छ । छठका लागि काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । काठमाडौं कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौंको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताउनु भयो । उहाँले अहिले नेपाली सेना, जनपथ प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी सबै पूरा भइसकेको छ । जनपथ प्रहरी, नेपाली सेना, महानगर प्रहरी आएर सबै सुरक्षा दिनुभएको छ । स्वास्थ्य शिविर, सुरक्षा प्रवन्ध सबै रहेको छ ।’

नेपालको तराईमा आज छठ पर्वको अवसरमा उल्लासपूर्ण माहोल रहेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);