पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण

काठमाडौं,३ मंसिर । पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ । पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैठौंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्नुभएको छ ।

पालासियो डे ला जर्जुएलामा आयोजित समारोह आधिकारिक राज्य बुलेटिन (बीओई) मा सान्चेजलाई प्रधानमन्त्रीको रूपमा पुष्टि भएको दुई घण्टा पछि गरिएको थियो । २०१८ र २०२० मा शपथ ग्रहण गर्दा जस्तै, सान्चेजले स्पेनिश संविधानको प्रतिलिपिमा शपथ लिनुभयो ।

शपथ ग्रहण गरेपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकोमा बधाई दिनुभयो । बिहीबारको इन्भेष्टिचर भोटमा सान्चेज पक्षमा १७९ र विपक्षमा १ सय ७१ मत पाएर प्रधानमन्त्रीमा पुनः निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);