आम आदमी पार्टीका २० जना सांसदको पद खारेज गर्न सिफारिस | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

आम आदमी पार्टीका २० जना सांसदको पद खारेज गर्न सिफारिस

एजेन्सी, ६ माघ । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।

आयोगले अयोग्य भनी सांसद पद खारेज गर्न सिफारिस गरेका सवै जना भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका हुन् । संसदीय सचिवको पदमा बसेका आम आदमी पार्टीका २० विधायकको सदस्यता रद्द गर्न चुनाव आयोगले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । भारतीय सञ्चार माध्यममा यो खबर सार्वजनिक भएसँगै पार्टी विधायक सौरभ भारद्वाज बचाउका लागि अगाडि आएका छन् ।

दिल्ली संसदका ती २० जना सदस्यको सांसद पद खोसिए आम आदमी पार्टीको सरकारलाई चुनौती हुनेछ । दिल्ली संसद्का ७० जना सांसदमध्ये ६५ जना आम आदमी पार्टीका हुन् । अयोग्यताका कारण सांसद पद खाली भएमा उनीहरुको ठाँउमा ६ महिनाभित्र निर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

एकातिर चुनाव आयोगको संकटले आम आदमी पार्टीका अप्ठेरोमा परेको छ । अर्कोतिर विपक्षी दल भारतीय जनता पार्टी र कांग्रेसले उमाथि निशाना साँधेका छन् । बिजेपी प्रवक्ता संबित पात्रा भन्छन्, ‘कर्मको फल त भोग्नै पर्छ, २०१५ को मार्चमा केजरीवाल २१ विधायकलाई संसदीय सचिव बनाउँछन् । उनी सोच्छन् कि जनताले यो थाहा पाउँदैनन् । उनले संविधानलाई सिरानीमुनि राखे ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);