संघीयतासम्बन्धि कानूनहरु छिटो निर्माण गर्नुपर्छः काँग्रेस नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

संघीयतासम्बन्धि कानूनहरु छिटो निर्माण गर्नुपर्छः काँग्रेस नेता सिंह

काठमाडौं, २४ कात्तिक । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले संघीयतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नेता सिंहले संविधानको अक्षरशः पालना गर्दै नेपाली जनताको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि तीन वटै तहको सरकारलाई काम गर्ने वातावरण बनाउन पनि संघीयतासम्बन्धि कानून निर्माणमा ढिलाई गर्न नहुने बताउनुभएको हो । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रवार काठमाडौंको शोभाभगवतीस्थित उहाँको शालिकमा माल्याअर्पण गरेपछि उहाँले सञ्चारकर्मीमाझ संविधानको भावना र मर्मअनुसार कानून निर्माण भएमात्रै नेपाली जनताको चाहनाअनुसार संघीय, प्रदेश र स्थानीय तहको सरकारले काम गर्नसक्ने वातावरण बन्ने स्पष्ट पार्नुभयो । नेता सिंहले गणेशमान सिंहले दिएको आर्थिक क्रान्तिको खाका अनुसार अघि बढ्नसके नेपाली जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सकिने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गणेशमानजीले नेपाली जनतालाई अधिकार दिलाउनका लागि उहाँले गर्नुभएको योगदानको सम्झना गर्नका लागि र सबैलाई उहाँले आफ्नो जीवनकालमा गर्नुभएका जनतालाई अधिकार दिलाउने, राष्ट्रलाई मजबुत गर्नका लागि, प्रजातन्त्रको लागि उहाँले आफ्नो ६ दशकभन्दा लामो सक्रिय राजनीतिक जीवनमा उहाँले ३० वर्ष भन्दा बढी जेल जीवन र निर्वासित जीवन बिताएकोबाट नै हामीले सहज रुपमा उहाँले गरेको दुःख, कष्ट जनतालाई अधिकार दिलाउनका लागि गरेको हो । यी सबै कुराहरु सम्झनका लागि हामीहरुले उहाँको जन्मजयन्ति, स्मृतिसभाहरु मनाउने गरिरहेका छौं । त्यहीअनुसार उहाँले यो २०४६ सालमा सर्वोच्च कमाण्डर भएर २०१७ सालमा गुमेको अधिकार जनतालाई फेरी पुनर्वहाली गराउनु भयो । त्यसपछि पनि उहाँले जुन सिष्टममा, जुन परिवर्तन आयो । परिवर्तित अवस्थामा जनतालाई केन्द्रबिन्दुमा राखेर, राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर सबै काम गर्नुपर्छ भनेर उहाँले भन्नुहुन्थ्यो । र, उहाँले २०४६ सालको मुभमेन्ट सकिएपछि प्राप्त गरेका राजनीतिक अधिकारहरु संरक्षण र संवद्र्धन गर्नका लागि आर्थिक क्रान्तिको आवश्यकता छ भनेर उहाँले जोड दिनुभएको कुरा आजको दिनमा पनि त्यत्तिकै सान्दर्भिक छ । जुन परिवर्तनहरु भयो २०४६ पछि । र, संविधानसभाबाट संविधान जारी भइसकेपछि अब हामीले गर्ने भनेको के हो त भन्दाखेरी सिस्टमलाई संविधानको भावना र मर्म अनुरुप तीन वटै तहको सरकार दिनुपर्ने अधिकारहरु दिलाएर आवश्यक संघीय कानूनहरु समयमै बनाएर लागू गर्नका लागि अव हामीले ध्यान दिनुपर्छ । र, त्यसको अलवा पनि अहिले जनतामा जुन दुःख, दर्द छ जनताको । यसलाई समेटनका लागि, यसलाई सम्बोधन गर्नका लागि अब अहिलेको सन्दर्भमा पनि उहाँले भनेको कुरा, उहाँले चाहीँ खाका नै दिनुभएको थियो–आर्थिक क्रान्तिमा के गर्नुपर्छ भन्ने ? यो जलस्रोतदेखि लिएर, पर्यटनदेखि लिएर, हाम्रो मूत, अमूर्त संस्कृतिलाई जोगाउनेदेखि लिएर, शिक्षादेखि लिएर, स्वास्थ्यदेखि लिएर उहाँले दिनुभएको कुरालाई हामीले आधार पत्रको रुपमा राखेर अगाडि बढ्यो भने अहिले जनतामा जुन निराशा छाएको छ । त्यसलाई हामीले सम्बोधन गर्नसक्छौं भन्ने कुरा मलाई लागेको छ । यो सिस्टम चेन्ज भएपछि यो सिस्टमअनुसार हिँडाउनका लागि पनि आवश्यक कानूनहरु बनाउनु प¥यो । त्यसमा टाईम लागि राखेको छ नि त । संविधान जारी गराउनका लागि त दुई दुई वटा संविधान सभा लाग्यो भने अव संविधान सभाबाट जारी गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको जुन संविधान छ । त्यो संविधानलाई अक्षरशः लागू गर्नका लागि संविधानको भावना र मर्मअनुरुप तीन वटै तहको सरकारलाई दिलाउनुपर्ने अधिकार चाहीँ कानूनहरु समयमै बनाउनु प¥यो । अहिले ढिलो भइराखेको छ । त्यसकारण चाँडै बनाएर यो तीन वटै तहको सरकार संघीय, प्रादेशिक र स्थानीय सरकाहरु फुल फ्लेजेट रुपमा काम गर्नसक्ने अवस्था हामीले सृजना गर्नसक्यौं भने अहिले जनतामा छाइरहेको जुन असन्तुष्टि हो, त्यसलाई हामीले सबैलाई काम गर्ने जुन काम गर्ने चाहना छ । काम गर्ने वातावरण बनाउनु प¥यो । गरिखानेहरुलाई पनि त्यो वातावरण दिनुप¥यो भन्ने जुन जनताको चाहना हो । त्यहीअनुसार हामीले आगामी दिनहरुमा त्यसमा फोकसिङ गरेर जनताको भनाईलाई आधार मानेर जनताको भनेको कुरा केही होइन भन्ने होइन कि जनताले चाहे अनुसारको जुन कुरामा जनतालाई चित्त बुझिराखेको छैन । त्यसलाई सम्बोधन गर्न हामी अगाडि बढ्नुपर्छ ।’

त्यस अवसरमा नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमार्फत नेपाली जनतालाई अधिकार दिलाउने काममा गणेशमान सिंहले खेल्नुभएको भुमिकाको चर्चा समेत गर्नुभएको थियो । गणेशमान सिंहले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा मात्र नभई आर्थिक क्रान्तिको नयाँ खाका समेत कोर्नुभएको उहाँको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);