जनयुद्धको इतिहास कसैले चाहेर पनि दबाउन नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

जनयुद्धको इतिहास कसैले चाहेर पनि दबाउन नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौंं, २३ कार्तिक ||
यप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई कसैले दबाउन नसक्ने दाबी गर्नुभएको छ । बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताउनुभएको हो । उहाँले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको भन्दै पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा खेलेको भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको बिद्रोह र पहलकदमी भएको उल्लेख गर्नुभयो । उहाँले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको सबै विषयको प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले जनयुद्धलाई विद्रुपिकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको जिकिर गर्नुभयो । पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरुको बारेमा जानकारी दिन खोजेको बताउनुभयो । १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको उहाँको भनाइ छ । पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा जनयुद्धकालमा भएका विभिन्न प्रसंगहरुको ब्याख्या गरिएको जानकारी दिनुभयो । ०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);