सरकारले डेलिभरी दिन नसक्दा जनतामा निराशा भयो : महेश बर्तौला | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

सरकारले डेलिभरी दिन नसक्दा जनतामा निराशा भयो : महेश बर्तौला

काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुंग्याउने विषयमा छलफल भएको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको शान्ति प्रक्रियाका पक्षधर राजनीतिक दलहरुको बैठकमा १२ बुँदे समझदारीका क्रममा महत्वपूर्ण भुमिका खेलेका राजनीतिबीच समसामयिक राजनीतिक परिस्थिति, विद्यमान अवस्थाका बारेमा छलफल भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताउनु भयो । उहाँले सरकारका कतिपय अकर्मण्यताका कारण देशमा भइरहको गतिविधिबारे पनि ध्यानाकर्षण गराएको बताउनु भयो । उहाँले संविधान र विद्यमान व्यवस्थामा जनतामा छाएको निराशाबारे छलफल भएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाललाई दुरुपयोग गरेको विषयमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले विशेष गरी १२ बुँदे समझदारीका क्रममा महत्वपूर्ण भुमिका खेलेका राजनीतिक पार्टीहरु, १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने राजनीतिक दलहरु बीचमा केही समसामयिक राजनीतिक परिस्थिति, विद्यमान कतिपय पक्षका सन्दर्भमा उहाँले बोलाउनु भयो । त्यसमा गम्भीरताका साथ छलफल भएको छ । हामीले सरकारका कतिपय अकर्मण्यताका कारणले गर्दा मुलुकमा छाडातन्त्र मौलाइरहेको, शासकीय प्रवन्धमाथि अनेकौँ चुनौति सिर्जना हुने काम भइरहेको छ, गृह प्रशासन कमजोर भएको, मुकदर्शक भएको, दिन दहाडै विभिन्न प्रकृतिका हिंसात्मक घटना अघि बढीरहेका छन्, विशेष गरी संविधान र विद्यमान व्यवस्थामा जनतामा जुन निराशाजनक प्रक्रिया चलेका छन् त्यसमा ध्यानाकर्षण गराएका छौँ । आफ्नो आफ्नो तहबाट विषय राख्नुभएको छ । सामाजिक सञ्जाललाई दुरुपयोग गरेको विषयमा पनि केही छलफल भयो । संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनका लागि पहल कदमी लिन सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बारेमा छलफल भयो । सरकारले ठिक ढंगले डेलिभरी दिन सकेको छैन । सरकारले डेलिभरी दिन नसक्दा जनतामा निराशा भयो । अर्थतन्त्र डामाडोल भयो । रेमिट्यान्समा देश चलेको छ ।’

त्यस्तै बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले १२ बुँदे समझदारी पत्रका हस्ताक्षर पक्षधर राजनीतिक दलहरुको बैठक बसेको र आफू संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर भएको र गणतन्त्र र लोकतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताउनुभएको जानकारी गराउनु भयो । उहाँले छिटपुट देखापर्न खोजेका प्रभावको मिलेर प्रतिवाद गर्ने निस्कर्षमा नेताहरु पुगेको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘१२ बुँदे समझदारी पत्रका हस्ताक्षर पक्षधर राजनीतिक दलहरुको बैठक हो । तीन दलकै नेताहरुले आफू संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर भएको र गणतन्त्र र लोकतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताउनु भयो । छिटपुट देखापर्न खोजेका प्रभावको मिलेर प्रतिवाद गर्ने निस्कर्षमा पुगिएको छ । संघीयताको रक्षा गर्न प्रतिवद्ध छौँ भन्ने कुरा भएको छ । परिवर्तनप्रतिको प्रतिवद्धता जनाइएको छ ।’

उहाँले संघीयताको रक्षा गर्न सबै दल प्रतिवद्ध भएको निस्कर्ष बैठकको रहेको पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);