चीनले भूकम्पपीडितलाई थप २८ करोड राहत सहयोगको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

चीनले भूकम्पपीडितलाई थप २८ करोड राहत सहयोगको घोषणा

काठमाडौं, २२ कात्तिक । उत्तरी छिमेकी चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ । नेपालस्थित चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गर्नुभएको हो ।

चीनले यसअघि नै गत शुक्रबार आएको भूकम्पपछि ठूलो मानवीय र भौतिक क्षति भोगेका जाजरकोट र रूकुम पश्चिमका प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो । उक्त राहत सामग्रीको पहिलो खेप सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ । यस्तोमा चीनले नेपालका लागि थप राहत कार्यक्रम घोषणा गरेको हो । राजदूत सोङका अनुसार नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको हो । चिनियाँ रेडक्रसले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ ।

जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने छ । त्यसैगरी चीन सरकारको तर्फबाट थप २६ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको राजदूत सोङले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो रकम नेपालका भूकम्पपीडितका लागि आपत्कालीन मावीय सहायताका रुपमा उपलब्ध गराउने निर्णय भएको हो । चिनियाँ रेडक्रस र त्यहाँको सरकारबाट नेपालका भूकम्पपीडितका लागि थप सहयोगका रुपमा २७ करोड ९३ लाख १० हजार रुपैयाँ उपलब्ध हुने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);