पौष १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा आठौं रियल इस्टेट एक्स्पो,२०२३ हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

पौष १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा आठौं रियल इस्टेट एक्स्पो,२०२३ हुँदै

काठमाडौं, २१ कात्तिक । नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौं र ललितपुरले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ आयोजना गर्ने भएको छ । मंगलवार संघले काठमाडौंमा पत्रकार सम्मलन गर्दै पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने बताएको हो । संघले अहिलेसम्म ७ वटा रियल इस्टेट एक्स्पो आयोजना गरिसकेको छ ।

२०७७ मा कोभिड महामारीको कारण एक्स्पो हुन सकेन । २०७८ र २०७९ मा मन्दीको कारण गर्न नसकिएको संघले बताएको छ । घरजग्गा कारोबार बढ्न थालेसँगै एक्स्पो गर्न लागिएको संघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तथा एक्स्पोका संयोजक विदुर धमलाले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको बताउनु भयो । उहाँले रियल इस्टेट एक्स्पो गर्नुको मुख्य उद्देश्य घरजग्गा कारोबारमा आएको नयाँ–नयाँ कारोबार र घरजग्गा सम्बन्धि कारोबारको विषयमा एउटै छानामुनी जानकारी दिने रहेको बताउनु भयो। उहाँले प्रदर्शनीमा खरिद गर्ने र बेच्ने मात्रै नभएर जानकारी दिने पनि गरिने बताउनु भयो । उहाँले एक्स्पोमा ६५ भन्दा बढी स्टलहरु रहने उल्लेख गर्नुभयो । धमलाले रियल इस्टेट एक्स्पोले मुलुकको अर्थतन्त्रमा समेत ठूलो योगदान गर्ने बताउनु भयो । धमलाले एक्स्पोमा अपार्टमेण्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी, विद्युतीय सामग्री, फर्निचर, सिरेमिक, घर जग्गा एजेन्ट, निर्माण सामाग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण लगायतका स्टल रहने बताउनु भयो । उहाँले जग्गा तथा भवन विकासकर्ता, खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता,इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलिकरण तथा पुनःनिर्माणसम्बन्धी डिजाइनरहरूको साझा मञ्च हुने बताउनु भयो ।

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा कारोबार अनौपचारिक क्षेत्रमा बढी कारोबार भइरहेको बताउनु भयो । उहाँले अनौपचारिक क्षेत्रबाट बढी र औपचारिक क्षेत्रबाट कम कारोबार भइरहको अवस्था भएकाले सरकारले देशभरका व्यवसायीहरुको लागि कानून बनाएर अनुमति प्राप्त कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गरिन्थ्यो भने कारोबार गर्ने वास्तविक कम्पनीको रेकर्ड आउने बताउनु भयो । उहाँले आर्थिक मन्दीको कारण देशभर घरजग्गाको कारोबार सुस्त भएता पनि ५० हजारघर वार्षिक रुपमा बनिरहेको परिस्थिति रहेको बताउनु भयो ।

मेलामा एक लाखभन्दा बढी मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । संघले अघिल्लो सातै एक्स्पोमा करिव २ अर्ब ६५ कारोबार भएको भए पनि आठौं एक्स्पोमा कारोबार यकिन यति हुन्छ भन्ने अवस्था नरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);