वाणिज्य बैंकहरुको औसत नाफा २८ प्रतिशतले घट्यो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

वाणिज्य बैंकहरुको औसत नाफा २८ प्रतिशतले घट्यो

काठमाडौै, कार्तिक १९ वाणिज्य तथा विकास बैंकहरुको कमजोर प्रथम त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक भएपछि ओर्लिरहेको सेयर बजारलाई झनै तल झारेको छ ।

शुक्रबार मात्रै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको औसत नाफा २८ प्रतिशतले घटेको छ भने समयमै उठ्न नसकेको (निष्क्रिय) कर्जा दोब्बर भएको छ ।

बैंकहरुले ठूलो रकम कर्जा नोक्सानी प्रोभिजन गर्नुपरेपछि सेयर लगानीकर्ता सशंकित बनेका छन् । आइतबार खुलेको बजारमा लगानीकर्ता बैंकहरुको सेयर बेच्नतिर हतारिए, जसको परिणामस्वरुप नेप्से परिसूचक वर्षको न्यून विन्दु नजिक झरेर अन्त्यमा केही सुधार भएको छ ।

आइतबार नेप्से परिसूचक २१.४६ अंक घटेर १८ सय २६ विन्दुमा कायम भएको छ । यो विन्दु एक वर्षको न्यूनतम नजिकको हो । यस दिन कुल ३५ कम्पनीको मूल्य बढ्दा १ सय ९७ को घट्यो भने ४ को स्थिर रह्यो ।

९७ करोड २३ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । आइतबार होटल तथा पर्यटन क्षेत्रको सूचक भने १८ अंक बढ्यो । अरु सबै क्षेत्रका सूचक घटेका बेला सो क्षेत्रमा भने लगानीकर्ताको आकर्षण देखियो ।

विशेषतः अक्टोबर महिनामा सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल आएको तथ्यांकले गर्दा होटल क्षेत्रमा आकर्षण देखिएको हो । होटलबाहेक आइतबार सबै क्षेत्रका उपसूचक झरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);