डोटीमा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

डोटीमा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, १९ कात्तिक । डोटीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रहरीले जनाएको छ । आइतबार राति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप केआई सिंह राजमार्गमा दुर्घटनामा परेको हो । मृतक चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा राधिका हमाल, धनशोभा बुढा, उनका छोरा कबिन्द्र बुढा र विमला मलालकी ८ वर्षीय छोरी प्राथना रहेका छन् ।

घाइते हुनेमा हिमाली गाउँपालिका– ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका–४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुलेको छैन । घाइते हुनेमा प्रकास बुढाथापा, खोमबहादुर मलाल, दानबहादुर बुढा, विमला मलाल र राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक गौमुल गाउँपालिका–४ काडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);