जाजरकोट भूकम्प मृतकको सङ्ख्या १ सय ४३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

जाजरकोट भूकम्प मृतकको सङ्ख्या १ सय ४३ पुग्यो

१८ कात्तिक २०८०, शनिबार  जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ४३ पुगेको छ ।

गएराती जाजरकोटलाइ केन्द्र बनाएर गएको भूकम्प परी हालसम्म १ सय ४३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको संख्या १ सय ६६ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।

त्यसैगरी, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।

घाइतेहरूको स्थानीय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);