काठमाडौं, १७ कात्तिक । योगराज ढकाल रिगललाई बाँकी समय कैद भुक्तान गराउन बाँके पठाएको छ । रिगलको कैद भुक्तान गर्न नपर्ने गरी बाँकी समय सरकारले संविधान दिवसको अवसरमा माफी दिएको थियो ।
सो निर्णय सर्वोच्च अदालतले बिहीबार बदर गरेर पुनः जेलमा राखेर बाँकी कैद समय भुक्तान गर्न आदेश दिएको हो । अदालतको आदेशपछि रिगललाई पक्राउ गरेर जिल्ला अदालत बाँकेले जिल्ला कारागार पठाएको हो ।
रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्नें हुन्छ ।