डिल्लीराम खनालमाथि अनुसन्धान जारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

डिल्लीराम खनालमाथि अनुसन्धान जारी

काठमाडौं,१५ कात्तिक । सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा पक्राउ परेका डिल्ली राम खनालमाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका–५ वतन भएका ४६ वर्षीय  खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply