आक्रामक बन्दै इजरायलले थाल्यो हवाई आक्रमणसँगै स्थलगत युद्ध | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आक्रामक बन्दै इजरायलले थाल्यो हवाई आक्रमणसँगै स्थलगत युद्ध

काठमाडौं, १४ कात्तिक । इजरायल र हमासबीच युद्ध सुरु भएको साढे ३ सातापछि इजरायली ट्यांक र बुल्डोजर गाजा क्षेत्रको मध्यभाग पुगेका छन् । इजरायलले हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेसँगै इजरायली सेना गाजाको सालाह–अल–दिन सडकमा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तीन सातादेखि दक्षिणी क्षेत्रबाट गाजा क्षेत्रमाथि भीषण हवाई आक्रमण गरिरहेको इजरायलले अब स्थलमार्गबाट पनि युद्ध अघि बढाएको हो । गाजा सहर र उत्तरी गाजालाई जोड्ने सालाह–अल–दिन सडक अब इजरायली सेनाले अवरोध गरेको छ । इजरायली रक्षामन्त्री योभ ग्यालान्टले दोस्रो चरणको युद्ध एक महिनासम्म चल्न सक्ने अनुमान गरेको बताउनु भएको छ । यसको उद्देश्य हमास लडाकूका भौतिक संरचनाहरू नष्ट गर्ने र बन्धकलाई मुक्त गर्नु रहेको रक्षामन्त्री ग्यालान्टको भनाइ छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि राष्ट्रसंघले पारित गरेको विशेष प्रस्ताव ठाडै अस्विकार गर्नभएको छ । युद्धविराम गर्नु भनेको इजरायलले हमाससामू आत्मसमपर्ण गरेर सरह हुने प्रधानमन्त्री नेतान्याहुको प्रतिक्रिया छ । इजरायलले स्थलगत कारबाही बढाएपछि प्यालेस्टाइनी क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ । राष्ट्रसंघ र प्यालेस्टिनी स्वास्थ्य अधिकारीकर्मीहरूले उत्तरी क्षेत्रमा रहेका अस्पतालनजिक आक्रमणहरू भइरहेकोप्रति चिन्ता जनाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);